जयप्रकाश गुप्तालाई डेढ वर्ष कैद, ८४ लाख ९ हजार ९सय २८ विगोसहित जरिवानाको फैसला


Nepalese Minister for Information and Communications Gupta speaks to the media after the Supreme Court announced his one and a half year jail term over the corruption charge in Kathmanduकाठमाडौ – सूचना तथा सञ्चारमन्त्री जयप्रकाश गुप्तालाई डेढ वर्ष कैदको फैसला गरेको छ ।

 

८४ लाख ९ हजार ९सय २८ विगोसहित जरिवाना ।

 

स्रोत नखुलेकाले भ्रष्टाचार गरेको ठहर । सुशीला कर्की र तर्कराज भट्टको इजलासले फैसला । फैसला लगत्तै मन्त्री गुप्ताले प्रहरी समक्ष आत्मसमर्पण गरिसकेका छन्। यसरी आत्मसमर्पण गरेवापत् उनको सजाय २५ प्रतिशत कम हुने व्यवस्था छ।

 

२०६४ कात्तिक २२ बाट मुद्दा सर्वोच्चमा विचाराधीन थियो ।

 

सर्वोच्चको अन्तिम फैसलापछि गुप्ता मन्त्री तथा सभाषदबाट स्वतः पदमुक्त भएका छन् ।

 

गुप्ता अदालतको इजालसमा चुपचाप

 

मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष तथा सञ्चार मन्त्री जपी गुप्ता मंगलबार सर्वोच्च अदालतको इजालसमा चुपचाप बसिरहेका थिए । संभवत उनले आउने परिणामका बारेमा अनुमान लगाई सकेका हुँदा हुन् ।

 

 

उनले इजालसमा सुनुवाइ हुनजेलसम्म कसैसंग बोलेनन् । शान्त मुद्रमा उनी चुपाचाप सुनुवाई सुनिरहे । उनको अनुहार भने केही गम्भीर देखिन्थे । जव न्यायाधीस सुशिला कार्कीले फैसला सुनाउन थालिन् । उनको अनुहार आध्यरो हुँदै गयो ।

 

अर्का न्यायाधीस तर्कराज खड्काले फेसलामा सही थप्दै केही बुँदाहरु थपेपछि भने उनले अनुहार पुछे । यसरी एक जना नेपाली राजनीतिका खेलाडी लामो प्रकृयापछि भ्रष्टाचारी करार भए । उनलाई डेढ बर्ष कैद, ८४ लाख रुपैयाँ बराबरको विगो र जरिवाना असुल्ने फैसला गरियो ।

 

उनले आफैले भने अनुसार अव गुप्ता राजनीतिक नेता वा कार्यकर्ताका रुपमा फेरी मञ्चमा आउने छैनन् । सर्वोच्चबाट उनलाई प्रहरीले ट्रकमा राखेर लैजाने क्रममा समेत उनी गम्भीर नै देखिन्थे । प्रेस समक्ष नहडबडाई पुरानै शैलीमा छोटो भनाई राखे ।

 

सञ्चार राज्यमन्त्री सुरिताकुमारी साह, पार्टीका सहअध्यक्ष राजकिशोर यादव, महासचिव आत्मप्रसाद झालगायतका नेता कार्यकर्ता अदालतमा उपस्थित थिए । उनलाई दोषी करार गरेको फैसला आएपछि अदालत परिसरमै नारावाजीसमेत भएको थियो ।

 

गुप्ताले मिडियामार्फत प्रधानमन्त्री समक्ष मौखिक राजीनामा, मधेसको मुद्दा निस्तेज बनाउन फैसला


सूचना तथा सञ्चारमन्त्री जेपी गुप्ताले मिडियामार्फत प्रधानमन्त्री समक्ष मौखिक राजीनामा दिएका छन् । भ्रष्टाचार गरेको ठहर गरिएपछि जेल लैजाने क्रममा उनले सर्वोच्च अदालत बाहिर प्रेस समक्ष उक्त कुरा बताएका हुन् ।


‘म अहिले प्रधानमन्त्रीलाई भेट्न जाने अवस्थामा छैन’ उनले भने, ‘अहिले नै म मिडियामार्फत प्रधानमन्त्री समक्ष राजीनामा दिन्छु ।’ उनलाई प्रहरी ट्रकको अघिल्लो सिटमा बसाएर लगेका छन् ।


लैजाने क्रममा उनले अदालतको फैसला स्वीकार गरेर आत्मसमर्पण गरेको पनि बताएका छन् । तर, उनले अदालतको फैसला मधेसको मुद्दा ब्यापक रुपमा उठिरहेको बेला त्यसलाई निसतेज बनाउन आएको पनि जिकीर गरे ।


‘मधेसका मुद्दा क्रुसियल रुपमा उठिरहेको अबस्था छ’ उनले संवाददाताहरुसंग भने, ‘मैले मधेसका मुद्दालाई जुन रुपमा उठाएँ, त्यसलाई निस्तेज बनाउन यो फैसला भएको छ ।’


उनले आफुले जेलमा विताउने डेढ बर्षमा पनि मधेसका मुद्दा यथावत नै रहने उल्लेख गर्दै आफ्ना पार्टी र मधेसी मोर्चाका नेताहरुलाई मधेसको अधिकार स्थापित गर्नका लागि लागि रहन आग्रह गरे ।