भिडियोमा जयप्रकाश गुप्तालाई डिल्ली बजार कारागार चलान
फाल्गुन ९ गते, २०६८ मा प्रकाशित
काठमाडौ, ९ फागुण । भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको सर्वोच्च अदालतले ठहर गरेपछि सूचना तथा सञ्चारमन्त्री जयप्रकाश गुप्तालाई थुनाकालागी डिल्ली बजार कारागार लगिएको छ । उनलाई बा १ ग २२०२ नम्बरको प्रहरीको भ्यानको अघिल्लो सिटमा राखेर कारागार लगिएको थियो । सर्वोच्च अदालतले उनलाई आजै डेढ वर्ष कैद र ८४ लाख ९ हजार ९ सय २८ रुपैया जरिवाना गरेको थियो ।
उनले २०४८ देखि २०५९ सम्म सञ्चार,कृषि मन्त्री, सांसद्, प्रधानमन्त्रीको प्रेस सल्लाहकार लगायत विभिन्न पदमा रहँदा भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा झण्डै एक दशकदेखि गुप्ताले मुद्दा खेपिरहेका थिए ।
सर्वोच्चको फैसलापछि गुप्ता मन्त्री र सभासद पदबाट स्वतह निलम्बित भएका छन् । उनले पत्रकारहरुलाई संक्षिप्त प्रक्रिया दिदै आफू अहिलेसम्म राजनीतिककर्मीको रुपमा उपस्थित हुँदै आए पनि अब भने राजनीति कर्मीको रुपमा उपस्थित नहुने भनेर राजनीति नगर्ने संकेत गरे । गुप्ताले आफूले मधेस आन्दोलन सफल बनाएको सजाय पाएको दावी गर्दै शाही कालमा दायर गरिएको मुद्दामा लोकतन्त्रमा राम्रो कम गरेको सजाय पाएको बताए ।
उनले प्रधानमन्त्रीलाई लिखित राजिनामा दिन नसकेको भन्दै पत्रकारहरु मार्फत नै पदबाट राजिनमा दिएको घोषणा गरे । मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष समेत रहेका गुप्तालाई भ्रष्टाचारको मुद्दामा ठहर गरेपछि सो पार्टीले भावी रणनीति तय गर्न छिटटै बैठक बस्ने तयारी गरेको छ । सम्भवत भोली नै उपाध्यक्ष राजकिशोर यादवको अध्यक्षतामा बैठक बसेर सन्चारमन्त्रीमा पठाउने नाम सिफारिस गर्ने र भावी रणनीति तय गर्ने स्रोतले बताएको छ । यता सर्वोच्चको फैसला विरुद्ध गुप्ता समर्थकहरुले भने अदालत परिषरमा नारावाजी गरेका थिए ।
गुप्तालाई डिल्ली बजार कारागार चलान भिडियो हेर्न तल क्लिक गर्नुस्:-