काठमाडौं, फाल्गुन १२ – जेल जाँदा उनको अनुहार पानी वषिर्न लागेको बादलजस्तो धुम्म थियो । आँखामा गहिरो उदासी देखिन्थ्यो । तर दुई दिनमै उनको अनुहार बदलिएको छ । सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहरिएका सूचना तथा सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ता बिहीबार हँसिलो र सामान्य देखिन्थे ।
ुजेल मेरा लागि नौलो होइन, सन्दर्भ मात्रै नौलो हो,ु बिहीबार अपराह्न डिल्लीबजार कारागारमा कान्तिपुरसँग कुरा गर्दै उनी मुस्कुुराए, ुयो मेरो १९औं जेल यात्रा हो ।ु
पटकपटक गरी उनी साढे चार वर्ष जेल बसिसकेका रहेछन् । यसपाला डेढ वर्ष जेल सजाएको फैसला भएको छ । तर उनी एक वर्षमै छुट्नेछन् । किनभने अख्तियारको हिरासतमा चार महिना उनी अनुसन्धानको सिलसिलामा बसिसकेका छन् । त्यो सजायबाट कटिने कानुनी सुविधा उनका हकमा पनि लागू हुने नै भयो । आफैं जेल गएबापत छुट हुने २० प्रतिशत सजायमा अढाई महिना थप छुट हुनेछ । त्यस हिसाबले उनी अब एक वर्षमात्रै जेल बसे पुग्छ । ुकेही महिना घटी र बढीले केही फरक पर्ने होइन,ु कटराइजको खौरो पाइन्ट, फित्तावाल चप्पल, खैरो स्वीटर र छिर्केमिर्के कोट लगाएका गुप्ताले दारी सुमसुम्याउँदै भने, ुनपर्नु जेल परिहालियो ।ु
उनको जन्मदिन जनवरी ७ मा पर्दोरहेछ । त्यो आउञ्जेल आफू छुटिसक्ने हो होइन हिसाब गरिसकेका रहेनछन् । ुतर मलाई जन्मदिन यही जेलमा मनाउन मन छ,ु उनी भन्छन्, ुयो जेल राम्रा मानिसले भरिएको छ, म तीसँग जन्मदिनको खुसी मनाउन चाहन्छु, दुई चार किलो मिठाई बाँड्न चाहन्छु ।ु गुप्तालाई भेट्न आउनेहरूले झोलाका झोला किताब ल्याइदिने गरेका छन् । ुतर मैले झोला खोलेको छैन,ु उनले भने, ुमसँग जति भए पनि समय छ, अहिल्यै के को हतार रुु