माओवादी प्रचण्ड वाईसीएल कार्यकर्तालाई सम्मानपत्र तथा आर्थिक प्याकेज दिन तयार

पार्टी अध्यक्ष प्रचण्ड– माओवादीको भ्रातृ संगठन यङ्ग कम्युनिष्ट लिग, वाईसीएल, का केही कार्यकर्ताले सम्मान तथा आर्थिक सहयोगको माग राख्दै आन्दोलन थालेपछि प्रचण्डले ती मागहरु पुरा गर्न आफ्नो पार्टी तयार रहेको जनाएका छन्।

 

माओवादी सेनाबाट यङ्ग कम्युनिष्ट लिग, वाईसीएल, मा आएकाहरुलाई सम्मानपत्र तथा आर्थिक प्याकेज दिन अध्यक्ष प्रचण्डले सहमति जनाएपछि अब उक्त विषय पार्टीको स्थायी समितिमार्फत टुंग्याइने वाईसीएलका नेताहरुले बताएका छन्।

वाईसीएलका केही कार्यकर्ताले आफ्ना माग पुरा नगरे पार्टी कार्यालय तथा प्रचण्ड निवास घेराउ गर्नेसम्मका कार्यक्रम सार्वजनिक गरेपछि माओवादी नेतृत्वले आफ्नै भ्रातृ संस्थासंग वार्ता गरिरहेको छ।




शान्ति प्रक्रिया र संविधान निर्माण टुंग्याउन विपक्षी दलहरुसंग छलफलमा रहेको एकीकृत नेकपा माओवादीलाई कार्यकर्ताहरुको भरणपोषणको सम्बन्धमा आफ्नै भ्रातृ संगठनसंग वार्तामा उत्रिनु परेको हो।


शनिबार वाईसीएलको देशैभरीका राज्य कमिटिका संयोजकहरु सहित बसेको बैठकमा प्रचण्डले खासगरी वाईसीएलमा प्रवेश गरेका पूर्व लडाकुहरुलाई सम्मान गर्न र आर्थिक सहायता प्रदान गर्न तयार रहेको जनाएका थिए।


बैठकपछि बोल्दै वाईसीएल अध्यक्ष गणेशमान पुनले भने,