काठमाडौ। काठमाण्डौको बबरमहलस्थित आयल निगम र जिल्ला अदालत काठमाण्डौं अगाडी गराइएको बम बिस्फोटमा दुई जनाको घटनास्थलमै र १ जनाको बीर अस्पतालमा मृत्यु भएको भएको छ ।
जिल्ला अदालतबाहिरको भिडभाडयुक्त क्षेत्रमा गराइएको बम बिस्फोटमा ६ जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर छ ।
विस्फोटमा मृत्युहुनेहरुको पहिचान हुन नसके पनि अन्दाजी ६० वर्षिय महिला र एक बालक रहेको बुझिएको छ । अहिले घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको त्यहाँ रहेका हाम्रा संवाददाता संजिव वगालेले जनाएका छन् । बीर अस्पतालमा छ जनालाई उपचारका लागि लगिएको छ ।
वीर अस्पताल बाहिर पनि ठूलो संख्यामा मानिसहरुको भिड लागेको त्यहाँ रहेका हाम्रा संवाददाता प्रतिक लामिछानेले जनाएका छन् । बम कस्ले र कुन कारणले बिस्फोट गरायो भन्नेबारे केहि खुलेको छैन ।
घटनाबारे जानकारी दिन घटनास्थलबाट हाम्रा संवाददाता संजीव वगाले टेलिफोन सम्पर्कमा हुनुहुन्छ ।