लोकतन्त्रमा निर्वाचन स्वच्छ, निष्पक्ष र स्वतन्त्र हुनपर्ने भन्दै उप्रेतीले यसमा राजनैतिक दलहरु बढी जिम्मेवार हुनपर्नेमा जोड दिए । लोकतान्त्रिक ढंगले निर्वाचनमा सहभागी भए निर्वाचन पनि निष्पक्ष हुने भन्दै उनले यसमा मतदाता सचेत हुनुपर्ने बताए । ‘स्वच्छ मतदान हुनपाए जित पनि स्वच्छ हुन्छ’, कास्की निर्वाचन कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उप्रेतीले भने । उप्रेतीले निर्वाचन आयोगले निर्वाचन प्रणालीको सुधारमा लागेको र अहिले निष्पक्ष र बिश्वसनिय निर्वाचनकालागि बिद्युतीय उपकरणको प्रयोगमा जोड दिईएको बताए ।
आफ्नो मत आफै निर्भिकताकासाथ खसाल्न पाओस भन्ने तर्फ आयोगले सुधारका प्रकृया थालेको भन्दै उनले निर्वाचन शिक्षालाई लैजाने योजनामा आयोग रहेको बताए । ‘मतदातालाई सचेत, मतदानलाई निष्पक्ष र स्वतन्त्र तथा राजनैतिक दलहरुलाई पारदर्शी र उत्तरदायी आजको आवश्यकता रहेको उनले बताए । राजनीतिक दलहरुको ईच्छा भए स्थानीय, राष्ट्रिय तथा प्रान्तीय निर्वाचनकालागि आयोग तयार रहेको बताए । १ करोड ६१ लाख रुपैयाँको लागतमा आयोगको नयाँ भवन बनेको हो । भूकम्प प्रतिरोधात्मक भवनमा १४ कोठा छन् ।



