“आयोग बने पनि समुदायको अवस्था फेरिएन” — अर्घाखाँचीमा मुस्लिम समुदायको सशक्तीकरणबारे गम्भीर बहस (तस्बिर सहित )

 

“आयोग बने पनि समुदायको अवस्था फेरिएन” — अर्घाखाँचीमा मुस्लिम समुदायको सशक्तीकरणबारे गम्भीर बहस

📸  : केशब पन्थी / अर्घाखाँची डटकम ।

अर्घाखाँची,  — राष्ट्रिय मुस्लिम आयोग को आयोजनामा अर्घाखाँचीको सन्धिखर्कमा मुस्लिम समुदायको सशक्तीकरण, अधिकार सुनिश्चितता तथा समुदायले भोगिरहेका समस्या र चुनौतीबारे विस्तृत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

images

कार्यक्रममा मुस्लिम समुदायका प्रतिनिधिहरूले शिक्षा, रोजगारी, आर्थिक अवसर, स्वास्थ्य सेवा तथा राज्यका सेवासुविधामा अझै पनि आफूहरू पछाडि परेको गुनासो गर्दै आयोग र सम्बन्धित निकायप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

May be an image of one or more people and text

अन्तरक्रियामा कृष्ण बहादुर घर्ती मगर, जिवनारायण कोइराला, टेकराज पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी झबिलाल भट्टराई, सन्धिखर्क नगरपालिका–२ का वडाध्यक्ष मोतिजंग रायमाझी, छत्रदेव गाउँपालिका–१ का वडाध्यक्ष काजिबाबु ज्ञावली, छत्रदेव गाउँपालिका–२ का वडाध्यक्ष शंकर पाण्डे तथा पाणिनी गाउँपालिका–८ का वडाध्यक्ष रोमबहादुर पाण्डेलगायतको उपस्थिति रहेको थियो।

May be an image of flute, temple and text that says "मुस्लिम आयोग मुस्लिम समुदायको सशक्तीकरणका लागि सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजक मुस्लिम आयोग जकलाखेल जते विह्ुीवार भिति २०८३ बेशाख समय मध्यान्ह 9ခ:၀ခ स्थान सनिधसर्क नगरपालिकाको सभाहल. अर्यखावी।"

त्यसैगरी मुस्लिम समुदायका अगुवा हसरदिन मियाँ, फिरोज खानसहित जिल्लाका विभिन्न स्थानका मुस्लिम समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

May be an image of one or more people and text

कार्यक्रममा सहभागीहरूले मुस्लिम समुदाय अझै पनि शैक्षिक, सामाजिक तथा आर्थिक रूपमा पछाडि रहेको उल्लेख गर्दै राज्यले लक्षित समुदायका लागि व्यवहारिक कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औँल्याए। उनीहरूले छात्रवृत्ति, सीपमूलक तालिम, स्वरोजगार कार्यक्रम, स्वास्थ्य सेवा तथा आर्थिक सशक्तीकरणका क्षेत्रमा विशेष योजना आवश्यक रहेको बताए।

May be an image of flute, dais, temple and text that says "P मुस्लिम आयोग मुस्लिम समुदायको सशक्तीकरणका लागि सरोकारालाहरुसंग अन्तरक्रिया कार्यक्रम मिति :२०८३ वेशाख गते विहीवार आयोजक समय मध्यान्ह จจะอยุ बजे स्थान सन्धिखर्क नगरपालिकाको सभाहल. मुस्लिम आयोग अपर्याखांची जावलाखेल,"

विशेषगरी समुदायका प्रतिनिधिहरूले राष्ट्रिय मुस्लिम आयोग स्थापना भए पनि अपेक्षाअनुसार प्रभावकारी काम हुन नसकेको गुनासो गरेका थिए। स्थानीय तहमा रहेका वास्तविक समस्या पहिचान गरी समाधानमुखी कार्यक्रम ल्याउन आयोगले सक्रियता देखाउनुपर्ने उनीहरूको माग थियो।

May be an image of one or more people, hospital and dais

कार्यक्रममा बोल्दै कृष्ण बहादुर घर्ती मगर ले नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक देश भएकाले सबै समुदायको समान सम्मान र सहभागिता सुनिश्चित हुनु आवश्यक रहेको बताए। उनले मुस्लिम समुदायको सामाजिक, शैक्षिक र आर्थिक विकासका लागि राज्यका निकायहरूबीच समन्वयात्मक रूपमा काम हुनुपर्नेमा जोड दिए।

May be an image of dais and text that says "मुस्लिलना आयोग मस्लिम समु सशक्ती लागि स बाहर अन्त कাद १२:०4 0M समर्वा রहार"

त्यस्तै जिवनारायण कोइराला ले स्थानीय तह तथा जिल्ला स्तरका निकायहरूले अल्पसंख्यक समुदायका आवश्यकता पहिचान गरी योजनाबद्ध कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए।

May be an image of one or more people, dais and text

टेकराज पौडेल ले मुस्लिम समुदायका बालबालिकाको शिक्षामा पहुँच विस्तार गर्न स्थानीय तह सकारात्मक रहेको जानकारी दिए।

May be an image of flute, temple, dais and text that says "मिति समरा स्थान मुस्लिम आयोग मुस्लिम समुदायको सशक्तीकरणका लागि सरोकारालाहरुसँग अन्तरक्रिया कार्यक्रम 1 वेशास 29 १ज गते विह्ठिवार आयोजक मध्यान्ह१२:०बजे मध्यान्ह ရ၃:၀ बजे सनन्धिरसर्क नगरपालिकाको सभाहल. मुस्लिम आयोम अर्घखंधी जावलाबल"

कार्यक्रममा मुस्लिम समुदायका अगुवाहरूले सामाजिक सद्भाव कायम राख्दै समुदायभित्र शिक्षाप्रति जागरण फैलाउनुपर्ने आवश्यकता औँल्याए। उनीहरूले बालबालिकालाई विद्यालयमा नियमित पठाउन, युवाहरूलाई सीप र उद्यमशीलतासँग जोड्न तथा समुदायलाई आत्मनिर्भर बनाउने कार्यक्रम आवश्यक रहेको धारणा राखेका थिए।

कार्यक्रमको अध्यक्षता महमदिन अली ले गरेका थिए। स्वागत मन्तव्य आयोगका केन्द्रीय सदस्य मोहम्मद समशुल हकले राखेका थिए भने कार्यक्रम सञ्चालन आयोगका कर्मचारी उपसचिव शोभा कुमारी पोखरेलले गरेकी थिइन्।

May be an image of one or more people and dais

सहभागीहरूले यस्ता अन्तरक्रिया कार्यक्रमले स्थानीय तहका समस्या राष्ट्रिय स्तरसम्म पुर्‍याउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।

May be an image of one or more people

समुदायका आवाजलाई नीति निर्माण र कार्यक्रम कार्यान्वयनसँग प्रभावकारी रूपमा जोड्न सके मात्रै मुस्लिम समुदायको वास्तविक सशक्तीकरण सम्भव हुने निष्कर्ष कार्यक्रमले निकालेको थियो।

May be an image of one or more people and text

May be an image of dais and text that says "थ मुस्लिम आयोग मुस्लिम समुदायको सशक्तीकरणक ल्रोगि सरोका लाहरुसँग न्तरक्रिर ार्यक्रम विहीवार आ्र"

May be an image of dais and text that says "मुस्लिम आयोग मुस्लिम समुदायको सशक्तीकरणका लागि सरोकरवालाहरु्संग अन्तरक्रिया कार्यक्रम ते :२०८३ वैशाख ३१ गते बिहीबार य मध्यान्ह ವ:೦ಶ बजे आयोजक न :सन्धिखर्क नगरपालिकका को सभाहल, मुस्लिम आायोग अर्घखांची। जावलाद जावलाबदनवतप तपुर សគណក"

Nepal life insuranceimagesimagesimages