तीन दलबीच शान्ति प्रकृया तथा संविधानका सबै विवादित विषयहरुमा प्रस्ताव पेश

विहिबार बसेको तीन दलको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सेना समायोजन, नेपाली कांग्रेस सभापति सुशील कोइरालाले सत्य निरुपण तथा मेलमिलाप लगायत अन्य आयोगहरु निर्माण तथा एमाले नेता माधवकुमार नेपालले संविधान निर्माणका विवाद हल गर्ने भन्दै प्रस्ताव पेश गरेका थिए।


प्रस्तावको विस्तृत विषयवस्तुबारे नेताहरुले बोल्न चाहेनन् तर छलफल सकारात्मक दिशातिर उन्मुख रहेको उनीहरुले बताएका छन्।




खासगरी माओवादी अध्यक्ष प्रचण्डले प्रस्तुत गर्ने भनिएको सेना समायोजनका बाँकी विवाद हल गर्ने प्रस्तावप्रति धेरैको ध्यान केन्द्रित थियो।


तर विहिबार उनले पेश गरेको प्रस्तावबारे नेताहरुले खुलेर बोल्न चाहेनन्।