संविधान संशोधनका नाममा गणतन्त्र कमजोर बनाउने खेल : मनोज भट्ट (तस्बिर सहित )

 

-टेकराज भुसाल,अर्घाखाँची। 

अर्घाखाँची।  देशको वर्तमान राजनीतिक परिस्थिति, संविधान संशोधन र बदलिँदो राष्ट्रिय–अन्तर्राष्ट्रिय शक्ति सन्तुलनका विषयमा गम्भीर बहस गर्दै राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले सन्धिखर्कमा “देशको वर्तमान परिस्थिति तथा संविधान संशोधन” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

May be an image of one or more people, violin, flute, dais and textNepal life insurance

कार्यक्रममा प्रमुख वक्ताका रूपमा बोल्दै राष्ट्रिय जनमाेर्चाका केन्द्रीय महासचिव मनोज भट्टले संविधान संशोधनका नाममा गणतन्त्रलाई कमजोर बनाउने प्रयास हुन सक्ने भन्दै त्यसप्रति सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरू सचेत हुनुपर्ने बताएका छन्। उनले अहिलेको अवस्थामा गणतन्त्रको रक्षा गर्नु नै पहिलो आवश्यकता भएको उल्लेख गर्दै संविधान संशोधन गर्दा राष्ट्रियता, सार्वभौमिकता र जनताले संघर्षबाट प्राप्त गरेका उपलब्धिहरूको संरक्षण हुनुपर्ने धारणा राखे।

May be an image of one or more people, table, lighting and dais

महासचिव भट्टले वर्तमान संविधानमा रहेको संघीय संरचना मुलुकका लागि आर्थिक तथा प्रशासनिक रूपमा बोझ बनेको दाबी गर्दै संघीयता खारेज गर्नु अपरिहार्य रहेको बताए। उनले निर्वाचन प्रणाली परिवर्तन गर्ने विषय अहिले उपयुक्त नभएको उल्लेख गर्दै विद्यमान प्रणालीमै सुधार र स्थायित्व आवश्यक रहेको धारणा व्यक्त गरे।

May be an image of one or more people, temple and text

उनले नेपालको राजनीतिक घटनाक्रमलाई अन्तर्राष्ट्रिय शक्तिसँग जोड्दै पुराना राजनीतिक दलहरूले चीनलाई मित्र राष्ट्रका रूपमा स्वीकार गर्दा अमेरिकाको रणनीतिक उद्देश्य पूरा हुन नसकेको र त्यसैको परिणामस्वरूप राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय भएको दाबी गरे। उनले रास्वपाले अघि सारेका राजनीतिक एजेन्डा दीर्घकालीन रूपमा सफल हुन नसक्ने टिप्पणी समेत गरे।

May be an image of one or more people, violin, flute, dais and text

नेपाली काङ्ग्रेस अर्घाखाँचीका सभापति केशव श्रेष्ठ, नेकपा (एमाले) लुम्बिनी प्रदेश सदस्य केबी भुसाल, क्रान्तिकारी कम्युनिस्ट पाटी नेपाल अर्घाखाँचीका संयाेजक राजेन्द्र नेपाली, प्रतिनिधि सभाका पूर्व सांसद बिजुला रायमाझीले लगायतले बाेल्दै संविधान नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि भएकाले यसको मूल मर्म र गणतान्त्रिक चरित्र कमजोर पार्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताए।

May be an image of temple, dais and text

उनीहरुले राष्ट्रिय सहमति र जनभावनालाई आधार बनाएर मात्रै आवश्यक संशोधनका विषय अघि बढाउनुपर्नेमा जोड दिए।

May be an image of ‎one or more people, flute, dais, temple and ‎text that says "‎진 जम्ताततर राष्ट्िक्ाकी रह संधियलाळो सारेजी ारी। सविधान संशोधठन सम्वान्यी विषठना राट्ट्िय जनमोर्ा जिल्ला समिति अर्धसावीट्वारा आयोजित अन्तक्रिया कार्यक्रम मिति: ඉදෙද/ 0R/ ف/ 0၃‎"‎‎

कार्यक्रममा राष्ट्रिय जनमाेर्चा सहित विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता, बुद्धिजीवी, संचारक्रमीहरुकाे उपस्थिति रहेको थियो।

तस्बिर: 

May be an image of ‎dais, temple and ‎text that says "‎မ ගහீන්ு 焼生巻 ලමණන්ශ Q ီ او_ال_ا د_خ දිනමතය မုင်လြက် अणतदनर, राष्टरियताको रक्षा, संधियताको सारेजी वरी संविधान संशोधेन सम्यन्यी विषरमा राष्ट्रय जनमोर्चा जिल्ला समिति अर्घासांचीदारा आयोजित अन्तरुक्रिया कार्यत নিরি: 2/02 २9./02 ૦२ EX‎"‎‎

May be an image of one or more people, lighting, table and dais

May be an image of one or more people, violin, flute, dais and text

May be an image of one or more people, temple and text

May be an image of dais and text

May be an image of ‎one or more people, dais and ‎text that says "‎لل সমलেड रट्टितके सघयाळी सरेजी สอิ संविधान सशाधन सम्बन्धी រព विषयमा राष्ट्िया जनमोर्चा जिल्ला समिति अ्घराचीदारा आयोजित अन्तरुक्रिया कार्यक्रम मि्तি ၃၀င၃ จอ BC مي‎"‎‎

May be an image of dais, temple and text

May be an image of flute, temple, dais and text

 

Nepal life insuranceimagesimagesimages