दुशान्बेमा अन्तर्राष्ट्रिय जल सम्मेलन शुरुः दिगो विकासका एजेण्डामा केन्द्रित

 

तजिकिस्तानको राजधानी दुशान्बेमा ‘दिगो विकासका लागि पानी’ (सन् २०१८–२०२८) सम्बन्धी अन्तर्राष्ट्रिय कार्य दशकको ढाँचा अन्तर्गत चौथो उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलन सोमबारदेखि शुरु भएको छ । ‘दुशान्बे जल प्रक्रिया’ अन्तर्गत आयोजित यो सम्मेलन आगामी बिहीवारसम्म चल्नेछ ।

सम्मेलनको मुख्य उद्देश्य संयुक्त राष्ट्रसंघको सन् २०२३ को जल सम्मेलनमा व्यक्त गरिएका प्रतिवद्धताहरूलाई कार्यान्वयन गर्न सामूहिक प्रयास जुटाउनु रहेको छ । साथै, सन् २०३० को दिगो विकास एजेण्डाका लक्ष्यहरू हासिल गर्न नयाँ साझेदारीलाई प्रोत्साहन गर्ने र कार्ययोजनामा तिब्रता दिने लक्ष्य समेत यसले राखेको छ ।

दिगो जलस्रोत व्यवस्थापन र हिमनदी संरक्षण जस्ता महत्वपूर्ण विषयहरू कार्यसूचीमा रहेको यस सम्मेलनमा विभिन्न देशका राष्ट्राध्यक्ष, सरकार प्रमुख, संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरू, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संगठनहरू, वित्तीय एवं वैज्ञानिक संस्थाहरू र नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

आयोजककाअनुसार सम्मेलनमा ११० भन्दा बढी देशका आधिकारिक प्रतिनिधिमण्डलहरूको उपस्थिति रहेको छ । तजिकिस्तान सरकारले संयुक्त राष्ट्रसंघसँगको निकट समन्वयमा हरेक दुई वर्षमा आयोजना गर्ने यो सम्मेलन श्रृङ्खलाले ‘दिगो विकासका लागि पानी’ दशकका उद्देश्यहरू प्राप्त गर्न सहयोग पु¥याउँदै आएको छ ।

 

Nepal life insuranceimagesimagesimages