
बैठकमा प्रधानमन्त्री बाबुराम भट्टराईले पेश गरेको समायोजनको खाकालाई विपक्षी दलहरुले अस्वीकार गरिदिएपछि लडाकुहरुको दर्जा बारेको समस्या ज्युँका त्युँ रहेको हो।
मंगलबार साँझ बसेको विशेष समितिको बैठकले समायोजन रोजेका ९ हजार लडाकुको संख्यालाई ६,५०० मा झार्ने कार्यविधि अनुमोदन गर्ने अपेक्षा कतिपयले गरेका थिए।
तर प्रधानमन्त्री भट्टराईले पेश गरेको समायोजनको खाकामा नै विवाद भएपछि बैठक बिना निश्कर्ष टुङ्गियो।
बैठकमा सहभागी नेकपा एमालेका एकजना नेता तथा विशेष समिति सदस्य भीम रावलले भने,



