कङ्ग्रेसद्धारा आफ्ना सभासद्हरूलाई आगामी जेठ १४ सम्म देश बाहिर नजान ह्वीप जारी

– माधव ढुङ्गेल

 

काठमाडौं – नेपाली कङ्ग्रेसका मुख्य सचेतक लक्ष्मणप्रसाद घिमिरेले आफ्नो दलका सभासद्हरूलाई आगामी जेठ १४ सम्म देश बाहिर नजान ह्वीप जारी गरेका छन्। सभासद्हरू मुख्य सचेतकलाई समेत जानकारी नदिई देशबाहिर गइरहेका कारण उनले यस्तो ह्वीप जारी गरेका हुन्।

 

घिमिरेद्वारा जारी ह्वीपको सूचनामा उल्लेख छ- शान्ति प्रक्रियालाई टुङ्गो लगाई संविधान निर्माण गर्नुपर्ने भएको र उक्त राष्ट्रिय दायित्व पूरा गर्न संविधान सभाका बैठक जुनसुकै बखत बस्न सक्ने सम्भावना भएकाले नेपाली कङ्ग्रेसका मा. सभासदहरुलाई आगामी जेठ १४, २०६९ सम्म देशबाहिर नजानु हुन निर्देश गरिन्छ।