चिनियाँ नेसनल पिपल्स कंग्रेस उपाध्यक्ष आज नेपाल आउने

काठमाडौं, २० चैत चीनको नेसनल पिपल्स कंग्रेस स्थायी समिति उपाध्यक्ष चेन जिल आज नेपाल आउने भएकी छिन ।
१६ सदस्यीय रहेको प्रतिनिधिहरु २४ चैतसम्म नेपालमा रहने चिनियाँ दूतावासले जनाएको छ ।
अखिल चीन महिला महासंघका अध्यक्षसमेत रहेकी चेन जिलको टोलीले राष्ट्रपति, प्रधानमन्त्री, संविधानसभाध्यक्ष र विभिन्न दलका प्रमुख नेताहरुसँग भेटघाट गर्ने बताइएको छ ।