समायोजनमा जाने लडाकुहरुलाई बिहीबारसम्म नेपाली सेनाको जिम्मा लगाउने माओवादी शीर्ष नेतृत्वको प्रतिवद्धताकाबीच एक लडाकु कमाण्डरले सम्मानजनक समायोजन नभए आफुहरुले सामूहिक अवकाशको निर्णय लिन सक्ने बताएका छन्।
समायोजनकै विषयमा माओवादीको सैनिक र राजनीतिक नेतृत्व बीच रहेको मतान्तरले गर्दा आइतबारदेखि शुरु भएको दोस्रो चरणको स्वेच्छिक अवकाश र पुनर्स्थापना कार्यक्रम रोल्पामा बाहेक अन्यत्र अवरुद्ध भएको छ।
उनले भने,



