काठमाडौ – माओवादी उपाध्यक्ष मोहन बैद्य पक्षले सेना समायोजन विशेष सिमितको निर्णयलाई आत्म समर्पणको पराकाष्ठा भनेको छ । कुपण्डोलस्थित सम्पर्क कार्यालयमा मंगलबार बिशेष समितिले गरेको निर्पणयका बारेमा छलफल गर्न बसेको बैद्य पक्षको बैठक पछिको विज्ञप्तिमा यस्तो बताइएको हो ।
हाम्रो पार्टीका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री बाबुरम भट्टराई समेतको चार दलका शीर्ष नेताको उपस्थितिमा आज बसेको सेना समायोजन विशेष समितिका आकस्मिक बैठकले जनमुक्ति, सेना र शिविरमा रहेका कन्टनेर हतियार आजैदेखि नेपाली सेनालाई जिम्मा लगाउने जुन निर्णइ गर्यो, त्यो आत्म समर्पणवादको पराकाष्ठा र नेपाली क्रान्ति प्रति गम्भीर बिश्वास घात हो । यसको हामी घोर भर्त्सना गर्दछौं । यसका साथै सम्पूर्ण देशभक्त गणतन्त्रवादी र स्वाभिमानी र अग्रगामी परिवर्तन चाहने सम्पूर्ण जनतालाई बिरोधमा उत्रन आह्वान गर्दछौ ।
उपाध्यक्ष मोहन बैद्य
महासचिब रामबहादर थापा हस्ताक्षर
११ देखि १२ बजे चक्काजाम
सेना समायोजन विशेष समितिले मंगलबारदेखि माओवादी लडाकुको शिविर नेपाली सेनालाई जिम्मा लगाएको छ।
मंगलबार साँझ सम्म १२ वटा शिविरमा सेना पुगी सकेको र अन्य शिविरहरुमा मंगलबार रातीसम्म पुगीसक्ने विशेष समिति सचिवालयका एक अधिकारीले बताए।
मंगलबारको निर्णयले माओवादीलाई विधिवत रुपमा संविधानसभाको निर्वाचन भएको चार बर्पपछि निशस्त्र पार्ने छ।
बुधबारसम्म पुनर्वगिकरणको काम सकेर विहीबार समायोजनमा जाने लडाकू र हतियार सेनालाई जिम्मा लगाउने विशेष समितिको कार्यतालिका रहे पनि शिविरमा झडपको स्थिति उत्पन्न भएपछि वर्गिकरणको काम मंगलबार रोकिएको छ।
मंगलबार बसेको तिन दलको बैठकमा माओवादी अध्यक्ष पचण्डले शिविरहरुलाई सेनाको नियन्त्रणमा ल्याएर मात्र वर्गिकरण गर्ने प्रस्ताव गरेका थिए।
दाहालको सो प्रस्तावपछि अपरान्ह बसेको विशेष समितिको बैठकले शिविर मंगलबारबाटै सेनाको जिम्मामा दिने निर्णय गरेको छ।
विशेष समिति सदस्य एंव अर्थमन्त्रि वर्षामान पुनले भने,



