गोरखामा पनि माओवादी मोहन वैद्य पक्षधर कार्यकर्ता पक्राउ

– कृष्ण आचार्य

 

गोरखा  –  माओवादी शेनालाई नेपाली शेना मातहत बुझाएको बिरोधमा एक घण्टा चक्काजाम गर्न निस्किएका माओवादी उपाध्यक्ष मोहन वैद्य पक्षधर कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

 

मंगलबार दश बजे गोरखा सदरमुकामको हरमटारी चोकमा निस्किएको करिब २० मिनेटको अबधीमा वैद्य पक्षधर कार्यकर्ता पक्राउ परेका हुन् । दुई पटक गरि १६ जना कार्यकर्ता पक्राउ परेको प्रहरी नायब उपरिक्षक बसन्त बहादुर कुँवरले बताए । १६ मध्ये ३ जनालाई प्रहरीले पोष्टर पम्प्लेटिङ गर्ने क्रममा बिहानै पक्राउ गरिसकेको थियो । केन्द्रीय सुरक्षा समितिको निर्देशन लागु गर्ने क्रममा बन्द गराउनेहरु कार्यकर्ता पक्राउ गरेको कुवँरले बताए ।

 

गिरफ्तार गर्ने क्रममा प्रहरीले केही कार्यकर्तालाई लाठी चार्ज समेत गरेको थियो । पक्राउ पर्नेमा माओवादी तमुवान राज्य समिति सदस्य नारायण अधिकारी लगायत रहेका छन् । उनीहरुले प्रहरी कार्यालयभित्र पनि नारावाजि गरिरहेका छन् ।