संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले बढिमा पाँच दिनभित्र संविधानका बिवादित विषयमा सहमति जुटाउन प्रमुख दलका शीर्ष नेताहरुलाई मंगलबार अन्तिम मौका दिएका छन्।
पाँच दिन भित्र सहमति जुटाउन नसके संविधानसभाले बहुमतका आधारमा विवादित विषयको टुंगो लगाउने जानकारी सभामुखले नेताहरुलाई गराएका छन्।
संवैधानिक समितिको बैठकमा नेताहरुले समय मागेपछि सभामूखले बुधवार कार्य ब्यवस्था समितिको बैठकबाट त्यसबारे औपचारिक निर्णय लिने बताए।
बैठकबारे संविधानसभाका सल्लाहकार टेकप्रसाद ढुंगानाले भने,



