– मधुसुदन गुरागाईँ
धुलिखेल, वैशाख ६- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पार्टीका उपाध्यक्ष मोहन वैद्य जडसूत्रीय संशोधनवादी नेता रहेको आरोप लगाएका छन्। धुलिखेलमा पार्टी कार्यकर्तालाई प्रशिक्षण दिन पुगेका दाहालले उपाध्यक्ष वैद्यमाथि कडा टिप्पणी गर्दै कार्यकर्तालाई त्यता नलाग्न आग्रह गरे।
राजधानीमा दलहरुको बैठक नै छाडेर कार्यकर्तालाई सम्वोधन गर्न पुगेका दाहालले शान्ति र संविधानमा आफ्नो प्रतिबद्धता दोहोर्याएका थिए। मोहन वैद्य पक्षधर नेताहरुले भने उनको यो प्रशिक्षण बहिष्कार गरेका छन्। वैद्य पक्षका सभासदद्वय तेजबहादुर मिजार र रेणुका चौलागाईंले कार्यक्रम बहिस्कार गरेका छन्। वैद्य पक्षले यस्तै प्रशिक्षण आगामी ८ र ९ गते गर्ने जनाएको छ।