काठमाडौ – कांग्रेसकी महिला नेतृ मधु खड्काको ७० बर्षको उमेरमा मंगलबार राती निधन भएको छ । उदयपुर निवासी खड्का महिला संघको ०५१ देखि ५८ सम्म जिल्ला सभापति थिईन् ।
प्रजातान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेकी खड्काको राजधानीस्थित किस्ट अस्पतालमा उपचार हुँदाहुँदै निधन भएको हो । उनका श्रीमान, दुई छोरा र एक छोरी छन् । खडकाको माइला छोरा प्रदिप माओवादी द्वन्द्वकालमा मारिएका थिए ।
उनको शवमा पार्टीका नेताहरुले झन्डा ओढाएर सम्मान गरेका थिए । खड्काको आजै (बुधबार) पशुपति आर्यघाटमा दाहासंस्कार हुँदैछ ।



