– आज प्रधानमन्त्री बाबुराम भट्टराईले मन्त्रिपरिषद् भङ्ग गर्नेछन् र राष्ट्रिय सहमतिको सरकार बनाउन आह्वान गर्नेछन्।
प्रमुख दलका शीर्ष नेताहरुको बुधवारको बैठकमा संविधान जारी गर्नुअघि राष्ट्रिय सरकार गठन गर्ने विषयमा सैद्धान्तिक सहमति भएको नेताहरुले बताएका छन्।
प्रमुख दुई विपक्षी दलहरु नेपाली काँग्रेस र नेकपा एमालेले संविधानका मुख्य विवादित विषय र सरकार परिवर्तनको मुद्दा एकसाथ हल हुनुपर्ने शर्त उठाएपछि त्यस्तो सहमति भएको नेताहरुले बताए।
दलहरुबीच सहमति हुन नसकेका संविधानका विवादित विषयलाई संविधानसभामा बहुमतीय प्रक्रियाबाट टुङग्यउन संविधानसभा नियमावली संशोधन भएको भोलिपल्ट बुधवार बसेको प्रमुख दलका शीर्ष नेताको बैठकमा सरकार परिवर्तनको मुद्दाले बढी चर्चा पाएको थियो।
बैठकमा सहभागी एमाले नेता भिम रावलका अनुसार गत कात्तिक १५ गते दलहरुबीच भएको सातबुँदे सहमितलाई प्याकेजमा लागु गर्ने विषयमा काँग्रेस र एमालले जोड दिएपछि दलहरुबीच नयाँ संविधान जारी गर्नुअघि राष्ट्रिय सहमतिको सरकार बनाएर अघि बढ्ने विषयमा सैद्धान्तिक सहमति भएको हो।
पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष झलनाथ खनालले केही समयका लागि मात्र राष्ट्रिय सहमतिको सरकार बन्ने र जेठ १४ अघि फेरि अर्को नयाँ सरकार गठन हुने बताए ।
खनालले भने,