काठमाडौं – माओवादीले उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटीलाई राष्ट्रिय सहमतिको सरकारमा पठाउने निर्णय गरेको छ ।
संस्थापन समूहको स्थायी समिति बैठकले श्रेष्ठलाई उपप्रधान र परराष्ट्र तथा बोगटीलाई ऊर्जा मन्त्रालयका लागि पठाउने निर्णय गरेको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए । श्रेष्ठ र बोगटी माओवादी-मधेसी मोर्चामा पनि उक्त ‘पोर्टफोलियो’मै मन्त्री थिए ।
कांग्रेस-एमालेले मन्त्री पठाए दुवै जनाको शुक्रबार नै सपथ हुने शर्माले जानकारी दिए । बैठकमा वैद्य पक्षधर सहभागी थिएनन् ।



