– माधव ढुङ्गेल,
अन्तत मध्यरात भएको पाँच बुँदे सहमति अनुसार राष्ट्रिय सहमति सरकार बनाउन प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको प्रमुख तीन दल र मधेसी मोर्चाबीचको बैठकले भोलि मन्त्रिपरिषद् विस्तार गर्ने सहमति गरेको छ।
बैठकपछि एमाले नेता माधवकुमार नेपालले आफ्नो पार्टीको केन्द्रीय समिति बैठक भइरहेको र भोलि पनि जारी रहने भएकोले पार्टीका तर्फबाट आज मन्त्री पठाउन नसकिएको बताए। त्यसैगरी कङ्ग्रेस नेता कृष्ण सिटौलाले भने, ‘भोलिसम्म राष्ट्रिय सहमतिको सरकार बन्ने सहमति भएकोले भोलि बेलुकीसम्ममा नाम पठाउनेछौँ।’
सिटौलाले संविधान निर्माणमा रहेका विवादहरु हटाउन गठित विवाद समाधान उपसमितिको बैठक तत्काल बस्ने निर्णय आजको बैठकमा भएको पनि जानकारी दिए।