काठमाडौ – संविधानसभाको आजको बैठक पनि सूचना टाँस गरेर स्थगित गरिएको छ । विशेष कारणवश आजको बैठक स्थगित गरिएको संसद् सचिवालयले टाँस गरेको सूचनामा जनाइएको छ । अर्को बैठक वैशाख २७ गते दिउँसो ३:०० बजेका लागि तोकिएको छ ।
राजनीतिक दलहरुबीच संविधानका विवादित विषयमा सहमति जुट्न नसक्दा संविधानसभाको बैठक पनि प्रभावित हुँदै आएको छ । राष्ट्रिय सहमतिको सरकार गठन गर्ने दलहरुबीचको पाँचबुँदे सहमतिको कार्यान्वयनले पूर्णता पाउन नसक्दा पनि संविधानसभा बैठक प्रभावित भएको हो ।
यसअघि गएको वैशाख ११, १४, १७, १९, २१ र २२ गते पनि सूचना टाँस गरेर संविधानसभाको बैठक स्थगित गरिँदै आएको छ । रासस



