प्रमुख तीन दल र मधेसी मोर्चासहित चार राजनीतिक शक्तिबीच वार्ता सुरु, ११ प्रदेशमा सहमति हुने

प्रमुख तीन दल र मधेसी मोर्चासहित चार राजनीतिक शक्तिबीच नयाँ बानेश्वरस्थित विशेष समितिको सचिवालयमा वार्ता सुरु भएको छ। वार्तामा राज्य पुनर्संरचना अन्तर्गत विवादित विषयको टुङ्गो लाग्ने संभावना रहेको बताइएको छ।

 

उपप्रधानमन्त्री तथा कङ्ग्रेस महामन्त्री कृष्ण सिटौलाले प्रदेशको नाम व्यवस्थापिकाको पहिलो बैठकले राख्ने गरी ११ प्रदेशमा सहमति हुने संभावना रहेको बताए।

शान्ति मन्त्रालयमा ब्राह्मण, क्षेत्री समाजसितको वार्तापछि बाहिर निस्कने क्रममा सञ्चारकर्मीहरुलाई मन्त्री सिटौलाले सहमतिको संभावना रहेको बताएका हुन्।