दलहरुले संविधानका विवादित विषयमा सहमति जुटाउन नसकेपछि संविधानसभामा आज मतदान प्रक्रिया अगाडि बढाउन प्रश्नावली तय गरिएको छ । संबैधानिक समिति अन्तर्गतको विवाद समाधान उपसमितिको आज साँझ सिंहदरबारमा बसेको बैठकले आज बस्ने संविधानसभामा मतदान गराउन संविधानका विवादित विषयसम्बन्धी ३० वटा प्रश्नहरु तय गरेको छ ।
मतदानमा लैजाने तीन वटा विवादित विषयहरुमा राज्यको शासकीय स्वरुप, निर्वाचन प्रणाली, मन्त्रीपरिषद् गठन, संविधानको नाम, मौलिक अधिकार, हदबन्दी लगायतका छन् । ती विषयमध्ये १६ वटा विषयमा यसअघि विवाद समाधान उपसमितिमा सहमति भइसके पनि संवैधानिक समितिबाट अनुमोदन गराउन बाँकी थियो । ३० मध्ये अन्य १४ विवादित विषयका विषयगत प्रश्नहरुलाई वस्तुगत बनाएर मतलानमा लैजाने निर्णय गरिएको छ ।
विवाद समाधान उपसमितिको बैठक बस्नु अघि सहमतिका लागि सभामुख सुवास नेवाङ्गको कार्यकक्षमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बिना निष्कर्ष टुंगिएको थियो । राज्यपुनर्संरचनाका विषयमा प्रदेशको नामाकरण र सीमाङ्कन आ



