लुम्बिनीमा मन्त्रालय संख्या घटाइयो, सरकार अब ९ मन्त्रालयमा सीमित

काठमाडौं, १४ साउन । लुम्बिनी प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन मन्त्रालयहरूको पुनःसंरचना गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित प्रदेश सरकार ९ मन्त्रालयमा सीमित हुने भएको छ।

नयाँ व्यवस्थाअनुसार युवा तथा खेलकुद मन्त्रालय सामाजिक विकास मन्त्रालयमा गाभिएको छ भने उद्योग, पर्यटन तथा यातायात मन्त्रालय खारेज गरिएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई सहरी विकास मन्त्रालयमा समायोजन गरिएको छ भने वन मन्त्रालयमा पर्यटन क्षेत्र थपेर नयाँ संरचना बनाइएको छ। साथै, प्रदेश कृषि सेवाका दुई वरिष्ठ अधिकृतलाई महानिर्देशक पदमा स्थायी नियुक्ति गर्ने निर्णय पनि गरिएको छ।