नयाँ दिल्ली – भारतीय जनता पार्टी (भाजपा)ले नेपालको संवैधानिक संकटप्रति चिन्ता जनाएको छ।
संविधान सभाको भविष्यमाथि राजनीतिक दलहरु वार्तामा सक्रिय भइरहँदा हिजो भाजपा अध्यक्ष राजनाथ सिंहले वक्तव्य जारी गर्दै नेपालको शान्ति र संविधान निर्माण, राजनीतिक स्थितरता र आर्थिक उन्नतीमा मा यसले गम्भिर असर पुर्याएको उल्लेख गरेका छन्।
‘भाजपा चल्दै आएको सद्भाव र भाइचारालाई विथोल्ने गरी नेपाली जनता जातीय आधारमा विभाजित नहुन आग्रह गर्छ,’ विज्ञप्तीमा भनिएको छ। – एजेन्सी