
अर्घाखाँची । गायिका सम्झना रणपाल र गायक विशाल रायमाझीको स्वरमा रहेको नयाँ तीज गीत ‘लाइटर गोजीमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।
तीज पर्वलाई लक्षित गरी सार्वजनिक गरिएको गीतमा नेपाली मौलिक लोकभाकासँगै तीजको उमंग, मनोरञ्जन र नृत्यलाई प्रस्तुत गरिएको छ। गीतले विशेषगरी युवा पुस्तालाई लक्षित गरेको छ।

एक दशकभन्दा बढी समयदेखि नेपाली लोक तथा तीज गीतको क्षेत्रमा सक्रिय अर्घाखाँचीकी गायिका सम्झना रणपालको आधिकारिक युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो। गीतका शब्द तथा संगीत विशाल रायमाझीले तयार पारेका छन् भने हुकलाइन झबिन नेपालीको रहेको छ।


गीतमा विश्वास नेपालको संगीत संयोजन, कुमार रानाको मिक्सिङ तथा मास्टरिङ र सुमन राना तथा खुमान सिंह रानाको रेकर्डिङ रहेको छ। समूह गायनमा रेखा कार्की, सुमित्रा सुनार, रविन परियार र राजन मौरातीले साथ दिएका छन्।

म्युजिक भिडियोमा चर्चित कलाकार एलिना रायमाझी र झबिन नेपालीको अभिनय तथा नृत्य रहेको छ। भिडियोको कथा तथा निर्देशन विशाल रायमाझीले गरेका छन् भने कोरियोग्राफी बिन्तिराज पुनथोकीले गरेका छन्।
प्रकाश खड्का तथा उनको टिमले छायांकन गरेको भिडियोको सम्पादन तथा कलर राजकुमार मगरले गरेका छन्। पोस्टर आर्ट लक्ष्मण चौहानले तयार गरेका छन् भने मेकअप पूनम चौधरीले गरेकी छन्।

भिडियोको सम्पादन तथा पोस्ट प्रोडक्सन दृष्टि इन्टरटेनमेन्ट र राजकुमार फिल्म्सबाट गरिएको हो। तीजको अवसरमा नाचगान र सांस्कृतिक कार्यक्रममा रमाउने दर्शक–श्रोताका लागि ‘लाइटर गोजीमा’ नयाँ सांगीतिक कोसेली बनेको छ।





