आइतबार राति जन प्रतिनिधिमूलक संस्था संविधानसभा संविधान नै नबनाइकन विघटन भएपछि सोमबार विज्ञप्ति जारी गरी सिंहले तत्काल जनताद्वारा प्रत्यक्ष रूपमा राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने उल्लेख गरेका छन् ।
उनले जनताद्वरा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिले संवैधानिक आयोगको गठन गर्ने र उक्त आयोगले मात्र अब संविधान जारी गर्नुपर्ने उल्लेख गरेका छन् । संवैधानिक आयोगबाट संविधान बने मात्र अब गणतन्त्र संस्थागत हुन सक्ने सिंहको भनाइ छ । गरिब देशको एक जम्बो संविधान सभाले चार चारवर्षमा पनि संविधान बनाउन नसकेबाट संविधान सभाबाट संविधान निर्माण नेपालमा उपयुक्त छैन भन्ने कुरा अब सुस्पष्ट भइसकेको सिंहले उल्लेख गरेका छन् ।
उनले नेपालमा संसदीय प्रणाली पटक पटक असफल भइसकेको अवस्थामा अब जनताद्वरा निर्वाचित प्रत्यक्ष राष्ट्रपति नै एक मात्र विकल्प भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।



