नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ११ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि देखिएको छ । आज मंगलबार नेप्से ०.७९ अंकले बढेर २६४१.८५ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४० कम्पनिका ९५ लाख ३४ हजार २२१ कित्ता शेयर ४ अर्ब ११ करोड ९ लाख ७४  हजार ६७४ मा कारोबार भएको थियो । आज विकास बैंक, फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स, म्युचुअल फण्ड, निर्जीव वीमा, र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज, सबैभन्दा बढी अपर लोहोरे खोलाको शेयर १४.९९ प्रतिशतले बढेको छ भने आरबीबीएल डिभेन्चरको शेयर ५.९२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी महिला लघुवित्तको १४.९१ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी सोलु हाइड्रोको ४४ करोड ८७ लाख बराबरको कारोबार भएको छ भने रिडी पावरको ३३ करोड ६७ लाख बराबरको कारोबार भएको छ ।