
आज जेठ १९ । बारले पनि शुक्रवार । आजभन्दा ठीक ११ बर्ष अघि नेपालको इतिहासमा राजदरवारभित्र सबैभन्दा ठूलो हत्याकाण्ड भयो ।
राजा वीरेन्द्रको वंश नै नाश गरिएको कहालीलाग्दो शुक्रवारे उक्त हत्याकाण्डपछि अन्ततः नेपाली धर्ती आकाशबाट राजतन्त्रकै अवसान भयो ।
लोकतन्त्र आयो र गणतन्त्र घोषणा भयो तर रहस्यमय हत्याकाण्डको पर्दा भने अझै खुलेन ।