पानीपुरीमा राखिने अमिलो पानीमा एसिड

पानीपुरीमा राखिने अमिलो पानीमा एसिड


पानीपुरीमा राखिने अमिलो पानीमा एसिड मिसाइएको भन्दै काठमाडौं, ठमेलस्थित गल्कोपाखाका बासिन्दाले पानीपुरी विक्रेता रौतहट सन्तपुरका शिव पुजन साहलाई नियन्त्रणमा लिएका छन् । 




पानीपुरी खाएपछि स्थानीय सनत श्रेष्ठले अप्ठ्यारो महशुस गरेपछि साहलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा एसिड मिसाइएको खुलेको स्थानीय वासिन्दाले दावी गरेका छन् । 




स्थानीय वासिन्दाले पानीपुरी विक्रेता साहलाई कारवाही गर्न प्रहरीसँग माग गरेका छन् । rss