काठमाडौं – एकीकृत नेकपा माओवादीबाट औपचारिक रुपमा विभाजन भई गठन भएको नेकपा, माओवादीको अध्यक्षमा मोहन बैद्य किरण चयन भएका छन् ।
बैद्य समूहको बौद्धमा जारी राष्ट्रिय भेलाले बैद्यलाई अध्यक्ष चयन गरेको हो । नवगठित पार्टीको महासचिवमा रामबहादुर थापा बादल, सचिवमा सीपी गजुरेल चयन भएका छने ।
स्थायी समितिमा देबप्रसाद गुरुङ, नेत्रविक्रम चन्द चयन भएका छन् । उपाध्यक्षमा भने सहमति बन्न नसकेको बताईएको छ । अन्य पदमा सहमतिको प्रयास भईरहेको बताईएको छ ।
केन्द्रीय समिति ७५ जनाको हुने बताइएको छ । बन्द सत्रले नयाँ पार्टीको नीति सहितको प्रतिवेदन पनि पारित गरेको छ । नयाँ पार्टीको महाधिवेशन आगामी फागुन १ गतेदेखि गर्ने निर्णय पनि भेलाले गरेको छ । नयाँ पार्टीको औपचारिक घोषणा भने भोलि दिउँसो १ बजे पत्रकार सम्मेलन मार्फत गरिने बताइएको छ ।
नेकपा माओवादी वैद्य विचार समूहको दुई दिनअघि सुरु भएको राष्ट्रिय भेलाले नयाँ पार्टी गठन गर्ने निर्णय गरेको हो । राष्ट्रिय भेलामा सहभागी नेताका अनुसार औपचारिकरुपमा नै एकीकृत नेकपा माओवादी फुटेको हो।
राष्ट्रिय भेलाको नयाँ पार्टी गठन गर्ने निर्णयपछि लामो समयदेखि रहेको अन्तविरोध अब स्वतह समाप्त भएको छ । आफूले बैठकमा प्रस्तुत गरेको प्रस्ताव पारित भएपछि बैद्यले संस्थापन पक्षसँग आजबाट संबन्ध पूर्ण रुपमा विच्छेद भएको घोषणासमेत गरेका छन् ।
बैद्यसमूहको नयाँ पार्टीको नाम नेकपा