मातृका यादवले आफ्नो पार्टी नेकपा माओवादीको नाम मोहन वैद्य नेतृत्वले राखेकोमा आपत्ति

काठमाडौं – मातृका यादवले आफ्नो पार्टी नेकपा माओवादीको नाम मोहन वैद्य नेतृत्वले राखेकोमा आपत्ति जनाएको छ। ‘प्रचण्डपथीय प्रवृत्ति बोकेका गलत व्यक्तिहरूले हाम्रो पार्टीसँग मिल्दोजुल्दो नेकपा माओवादी नाम राखेकोमा हाम्रो गम्भीर आपत्ति छ’, यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ।


 यसअघि एकीकृत नेकपा माओवादीसँग विद्रोह गरी मातृका यादव पार्टीबाट बाहिरिएका थिए। यादवले पुष्पकमल दाहाल र बाबुराम भट्टराईलाई ‘नवसंशोधनवादको नाइके’को भएको टिप्पणी गरेका छन्। यादवले माओवादी फुटाउने कार्यको नेतृत्व गरेका मोहन वैद्यप्रति सम्मान रहेको उल्लेख गरेका छन्।


नाम एकै राखेकोमा आपत्ति जनाए पनि यादवले मोहन वैद्यप्रति सम्मान प्रकट गरेका छन्। ‘किरण (मोहन वैद्य) को त्याग, तपस्या र इमानदारीप्रति सम्मान व्यक्त गर्दछु’, विज्ञप्तिमा उनले भनेका छन्।

 

 

प्रेस