नेपाली राजनीतिमा विवादस्पद र चर्चित पात्रका रूपमा रहेको शरदचन्द्र शाहको निधन

sharad chandra shahaकाठमाडौ  – नेपाली राजनीतिमा विवादस्पद र चर्चित पात्रका रूपमा रहेको शरदचन्द्र शाहको निधन भएको छ । उनी पछिल्लो समय सिंगापुरमा थिए । उपचारका क्रममा त्यही उनको निधन भएको बताइएको छ ।


शाह पञ्चालयतकालदेखि कै विवादस्पद र चर्चामा रहेका पात्र हुन् । पञ्चायतको उत्तरार्धमा उनी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव थिए । उनले त्यसबेला बहुदलका लागि भएको आन्दोलनका बिरुद्ध खेलकुदका युवाहरुलाई परिचालन गरेपछि वढी विवादमा तानिएका हुन् ।


त्यसैगरी पञ्चालयत कालमै पनि तत्कालीन पञ्चायती नेता सूर्यबहादुर थापाको भूमिगत गिरोहको सदस्यका रुपमा चित्रित गर्ने गरिन्थ्यो ।


२०४६ सालमा जनआन्दोलनका क्रममा आन्दोलनकारीले शाहको डिल्लीबजारस्थित घरमा तोडफोड तथा आगजनी गरेका थिए । बहुदल आएपछि उनी धेरै समय विदेश बस्नै आएका थिए ।


तर, २०५९ सालमा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भएपछि राजनीतिक सल्लाहकार बनाइएको थियो । राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनका बेला उनलाई सूचना प्रविधि आयोगको उपाध्यक्ष बनाइएको थियो । – कान्तिपुर