नारायणकाजी श्रेष्ठले ऊर्जा मन्त्रालय सम्हाल्न अस्वीकार गरेपछि स्थानीय विकासमन्त्री

काठमाडौं – उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले ऊर्जा मन्त्रालय सम्हाल्न अस्वीकार गरेपछि प्रधानमन्त्री बाबुराम भट्टराईले उनलाई संघीय तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् । श्रेष्ठले मंगलबार संघीय तथा स्थानीय विकासमन्त्रीको पदबहाली गरेका छन् । कांग्रेस कोटाका मन्त्री सूर्यमान गुरुङले दलीय असमझदारीसँगै राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।


प्रधानमन्त्रीले ब्राजिल जानुअघि श्रेष्ठलाई तत्कालका लागि स्थानीयको समेत जिम्मेवारी दिएका हुन् । सिंहदरबार हातामा नवनिर्मित भवनमा पदभार ग्रहण गर्दै उनले जनप्रतिनिधिविहीन स्थानीय निकायमा प्रभावकारी ढंगले काम गर्न कर्मचारीलाई निर्देशन दिए । -RSS