१३ वर्ष लामो अध्ययन अनुसन्धानपछि तौल घटाउन औषधीको बिकास

अमेरिकाका बैज्ञानिकहरुले १३ वर्ष लामो अध्ययन अनुसन्धानपछि मोटोपनको समस्या भोगिरहेका ब्यक्तिहरुका लागि तौल घटाउन औषधीको बिकास गरेका छन् ।

 

अमेरिकाको एरेना फर्मासिट्युकल्सका बैज्ञानिकहरुले निर्माण गरेको बेल्विक नामक मोटोपन घटाउने औषधीले शरीरमा कुनै पनि प्रकाराको नकारात्मक असर नगर्ने दाबी गरिएको छ ।

 

औषधीको प्रयोगले भोकमा कमी ल्याउने र थौरै मात्रामा खाना खाँदा पनि अघाउने बैज्ञानिकहरुले जनाएका छन् ।

 

औषधी प्रयोगको केहि समयपछि नै मोटोपनमा पाँच प्रतिशतले कमी आउने बैज्ञानिकहरुले जनाएका छन् ।

 

गर्भवती महिलाका लागि भने यो औषधी लाभदायक नहुने बैज्ञानिकहरुले बताएका छन् ।

 

अमेरिकामा ३५ प्रतिशत यूवाहरु मोटोपनबाट पीडित छन् ।