काठमाडौं, १६ असार राष्ट्रपति रामवरण यादवले संवैधानिक रिक्तता नभएको बताएका छन् । ूसंविधानसभा नभएता पनि संवैधानिक रिक्तता छ्रैनू राष्ट्रपतिले भनेका छन् ।
राष्ट्रपति यादवले दलरुबीच संवैधानिक दायराभित्र रहेर संकट समाधानको बाटो खोजिरहेको बताए ।
शान्ति र संविधानका लागि पत्रकार सरोकार समितिसँगको भेटवार्तामा शनिबार राष्ट्रपतिले भने ूमुलुकमा संविधानसभाको विघटनपछि पनि संवैधानिक रिक्तता आएको छैन, खाली संविधानसभा नभएकोमात्र हो ।ू राष्ट्रपतिले दलीय सहमति मै बजेट आउनु पर्ने बताए ।
जनआन्दोलन र संविधानको मर्म अनुसार नै दलीय सहमति हुनेमा राष्ट्रपतिले आशा व्यक्त गरे ।
दलीय सहमति नभए पूर्ण बजेट आउन नसक्ने कुरा प्रधानमन्त्री बाबुराम भट्टराईलाई बताइ सककेको राष्ट्रपतिको भनाइ छ ।



