संविधानका बिषयमा सहमति पछि मात्रै नयाँ सरकार स् महरा

काठमाडौं, १९ असारएकीकृत नेकपा माओवादीका नेता कृष्णबहादुर महराले संविधानका बिषयमा सहमति भएपछि मात्रै सरकार परिवर्तनको बिषयले छलफलका प्रवेश पाउने बताएका छन् ।

 क्रान्तिकारी पत्रकार संघ दाङले मंगलवार बिहान घोराहीमा गरेको पत्रकार सम्मेलनमा महराले सरकार भन्दा पहिलो बिषय संविधान नै भएको र त्यसका लागि दलहरुवीच छलफल तिव्र भएको बताए ।

पहिले संविधानका बिषयमा सहमति जुटेपछि सरकार परिवर्तनको बिषयलाई अगाडि ल्याइने बताउदै उनले एक डेढ हप्ता भित्र दलहरुबिच सहमति जुटिसक्ने दावी गरे  ।

चार बर्षसम्म संविधान बनाउन नसकेको बिषयलाई सवै दलहरुले गम्भीर ढंगले लिएको दावी गर्दै महराले अव दलहरुसँग सहमतिको बिकल्प नभएको स्पष्ट पारे  ।