‘कांग्रेसलाई वडा तहदेखि केन्द्रसम्म सुधारेर लैजानुपर्छ’ : पुष्पा भुसाल (तस्बिर सहित )

‘कांग्रेसलाई वडा तहदेखि केन्द्रसम्म सुधारेर लैजानुपर्छ’ : पुष्पा भुसाल

– केशव पन्थी, अर्घाखाँची डटकम्

अर्घाखाँची, ५ असोज । नेपाली कांग्रेसकी उपसभापति तथा पूर्वउपसभामुख पुष्पा भुसालले पार्टीलाई वडा तहदेखि केन्द्रसम्म सुधार गर्दै थप व्यवस्थित र सुदृढ बनाएर अघि बढाउनुपर्ने बताउनुभएको छ।

रिपोर्टर्स क्लब लुम्बिनी प्रदेशले मंगलबार अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेतृ भुसालले कांग्रेसको आगामी १५औँ महाधिवेशनले पार्टीलाई नयाँ ढंगबाट अघि बढाउने आधार तयार गर्ने बताउनुभयो।

उहाँले पार्टी संगठनलाई बलियो बनाउन वडा तहदेखि नै सुधार आवश्यक रहेको बताउँदै तल्लो तहसम्म रहेका नेता तथा कार्यकर्तालाई समेटेर संगठनलाई थप गतिशील बनाउनुपर्नेमा जोड दिनुभयो। पार्टीभित्र देखिएका समस्या र कमजोरीलाई सुधार गर्दै कांग्रेसलाई जनतासँग थप जोडिएको संगठनका रूपमा अघि बढाउनुपर्ने उहाँको भनाइ थियो।

May be an image of text

नेतृ भुसालले पार्टीभित्र आपसी समझदारी र सहकार्य आवश्यक रहेको बताउँदै पूर्वसभापति शेरबहादुर देउवा सम्मानित नेता भएकाले उहाँलाई सम्मान गर्दै सबै मिलेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो।

उहाँले पार्टीको नेतृत्वमा पुस्तान्तरण तथा संगठन सुधारको विषयमा समेत चर्चा गर्दै १५औँ महाधिवेशनमा गगन थापा सभापति बन्ने बताउनुभयो। आगामी नेतृत्व र महाधिवेशनका विषयमा पार्टीभित्र विभिन्न धारणा रहे पनि कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्नु अहिलेको आवश्यकता रहेको उहाँले बताउनुभयो।

May be an image of one or more people, hospital and text

भुसालले कांग्रेसलाई बलियो बनाउन नेतृत्वसँगै संगठनको तल्लो तहसम्म सुधार आवश्यक रहेको बताउँदै नेता तथा कार्यकर्ताबीचको सम्बन्ध थप मजबुत बनाउनुपर्ने र जनताका समस्या तथा अपेक्षासँग पार्टीलाई जोड्नुपर्नेमा जोड दिनुभयो।

images

May be an image of text

साक्षात्कार कार्यक्रममा वर्तमान सरकारका कामकारबाहीबारे पनि नेतृ भुसालले आफ्नो धारणा राख्नुभयो। उहाँले सरकारको कामप्रति आफू सन्तुष्ट नरहेको बताउँदै सरकार निरंकुशतातर्फ अघि बढिरहेको आरोप लगाउनुभयो। सरकारले जनताका अपेक्षा र आवश्यकताअनुसार काम गर्न नसकेको भन्दै उहाँले राजनीतिक दल, नागरिक समाज तथा सञ्चारमाध्यमले सरकारका गतिविधिमाथि निरन्तर निगरानी र खबरदारी गर्नुपर्ने बताउनुभयो।

images

May be an image of one or more people and text

लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउन सरकार जिम्मेवार र जवाफदेही हुनुपर्ने बताउँदै भुसालले नेपाली कांग्रेसले पनि प्रतिपक्षमा रहँदा जनताका सवाललाई प्राथमिकतामा राखेर सरकारका कामकारबाहीबारे खबरदारी गर्नुपर्ने धारणा राख्नुभयो। लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि कांग्रेसले आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो।

images

May be an image of one or more people, people smiling and text

कार्यक्रममा अर्घाखाँचीका सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले कांग्रेसको आगामी महाधिवेशन, पार्टीको संगठनात्मक अवस्था, नेतृत्व परिवर्तन, समसामयिक राजनीतिक अवस्था तथा सरकारका कामकारबाहीका विषयमा नेतृ भुसालसँग प्रश्न तथा जिज्ञासा राखेका थिए।

May be an image of one or more people and text

कार्यक्रम रिपोर्टर्स क्लब लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेतृ भुसालले कांग्रेसको संगठन सुधार, आगामी महाधिवेशन तथा समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा राख्नुभएको थियो।

Nepal life insurance

🌐 Arghakhanchi.com