
वासिङ्टन डीसी, ८ भदाैं । चीनका राष्ट्रपति सी चिनफिङ र प्रथम महिला पेङ लियुआन तीन दिने अमेरिकाको राजकीय भ्रमणका क्रममा वासिङ्टन डीसी पुगेका छन ।
भ्रमणका क्रममा दुवै देशका शीर्ष नेताहरूबीच द्विपक्षीय हित, प्रविधि, व्यापार तथा अन्तर्राष्ट्रिय चासोका विषयमा गहन छलफल हुने जनाइएको छ।

चिनियाँ राष्ट्रपति सीको तीन दिने भ्रमण तालिका यस प्रकार रहेको छ:
बुधबार: राष्ट्रपति सी र प्रथम महिला पेङ लियुआन मेरिल्यान्डस्थित ‘जोइन्ट बेस एन्ड्रयुज’ विमानस्थलमा अवतरण गर्नुभएको थियो। जहाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले उहाँहरूलाई भव्य स्वागत गरेका छन ।


बिहीबार: राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले ह्वाइट हाउसमा चिनियाँ राष्ट्रपति सी र प्रथम महिला पेङ लियुआनको स्वागत गर्ने कार्यक्रम छ।

स्वागत समारोहपछि ह्वाइट हाउसको ‘रोज गार्डेन’मा अमेरिकी सैन्य गारतको निरीक्षण (गार्ड अफ अनर) गरिनेछ। लगत्तै ट्रम्प र सीबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता हुनेछ। बिहीबार साँझ आयोजना गरिने राजकीय रात्रिभोज मा अमेरिका र चीनका शीर्ष अधिकारी तथा प्रविधि क्षेत्रका दिग्गजहरूको सहभागिता रहनेछ, जहाँ दुवै राष्ट्रपतिले सम्बोधन गर्नेछन्।
शुक्रबार: भ्रमणको अन्तिम दिन शुक्रबार, सी चिनफिङ र पेङ लियुआन ह्वाइट हाउसमा ट्रम्प दम्पतीसँग निजी चिया पार्टीमा सहभागी हुनेछन ।

त्यसपछि सी दम्पतीले अमेरिकी ‘राष्ट्रिय अभिलेखाय’ को भ्रमण गर्ने कार्यक्रम रहेको छ, जहाँ अमेरिकाको स्वतन्त्रताको घोषणापत्र र संविधानजस्ता ऐतिहासिक दस्तावेजहरू संरक्षित छन्। भ्रमण सम्पन्न गरी चिनियाँ राष्ट्रपति सी दम्पती शुक्रबार नै ‘जोइन्ट बेस एन्ड्रयुज’बाट बेइजिङका लागि प्रस्थान गर्नेछन ।




