काठमाडौं, २३ असार्र नेकपा, माओवादीका अध्यक्ष मोहन वैद्याले सत्ता टिकाउन प्रधानमन्त्री बाबुराम भट्टराई भारत सामु लम्पसार परेको बताएका छन् ।
आफ्नो सत्ता टिकाउन भट्टराईले विमानस्थलको व्यवस्थापन भारतीय कम्पनीलाई सुम्पेरको बताए । नेपालको पछिल्लो बिग्रिदो अवस्थाको निकास दिने नै आफ्नो पार्टीको जन्म भएको बताए ।
डा चन्द्रमान बज्राचार्यले लेखेको पुस्तक विमोचन गर्दै वैद्यले नेपाली कांग्रेस र एमालेको समीकरण सत्ता पाउनका लागि दौडिरहेको बताए । त्यस्तै एमाओवादी र मधेसी मोर्चाको समीकरण सत्ता जोगाउनको लागिपरेको बताए । देश बर्वादीतिर गैरहेको वैद्यलेको भनाइ छ ।
भारतसँग भट्टराईले एकपछि अर्को राष्ट्रघात सम्झौंता गरिरहेको बताए । नेपालका सबै नेताहरुले नेपाल र नेपालीलाई झन संकटतिर लगेको वैद्यले बताए । देशलाई संकटबाट पार लगाउन आफूहरु लागि परेको वैद्यलको भनाइ छ ।



