काठमाडौं, २५ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलव्यवस्थापनको जिम्मेवारी भारतीय कम्पनीलाई दिने सरकारको तयारी लगानी बोर्ड ऐन रसुपुर्दगी ऐनले देशको सार्वभौमिकता एवम् स्वाभिमानमा गम्भीर असर पुर् याउने ठहरगर्दै नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघले आज सम्माननीय राष्ट्रपति डा. रामवरण यादवलाई एक ध्यानाकर्षण पत्र बुझाएका छन् ।
राष्ट्रपति समक्ष बुझाइएको पत्रमेा भनिएको छ – प्रधानमन्त्री डा.बाबुराम भट्टराईको भारत भ्रमणका क्रममा नेपाल सरकार र उक्त कम्पनी बीच भएको समझदारी एमओयू का आधारमा देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलव्यवस्थापनको जिम्मेवारी विदेशी कम्पनीलाई दिने कदमले देशको सार्वभौमिकता रस्वतन्त्रतामा गम्भीर चोट पुग्ने देखिन्छ । राजधानीमै रहेको अन्तर्राष्ट्रिय विमानस्थलसुरक्षाको दृष्टिकोणले अत्यन्त संवेदनशील र महत्वपूर्ण अङ्ग विदेशीको हातमापुग्नेछ र त्यसले देशकै राष्ट्रिय सुरक्षामा आँच आउनु स्वाभाविक छ ।
देशको हित एवम् सुरक्षा संवेदनशीलतालाईपूर्णतः उपेक्षा गर्दै मनोमानी ढङ्गमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भारतीयकम्पनी आईएल एण्ड एफएसलाई दिने वर्तमान सरकारको राष्ट्रघाती कदमको हामी नेपालक्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघ विरोध गर्दछौं ।सरकारको यो राष्ट्रघाती कदम तत्काल फिर्ता लिनुपर्नेमा हाम्रो जोडदार माग छ ।साथै सरकारले उक्त कम्पनीसित गरेको समझदारी पत्र एमओयू अविलम्व सार्वजनिकगर्नुपर्दछ ।
नेपालको राष्ट्रिय पूँजीलाई कमजोरतुल्याउने हेतुले व्यवस्थापिका-संसदमा लगानी बोर्ड विधेयक पेश गिरंदा हाम्रोमातृपार्टी नेपाल मजदुर किसान पार्टीले विरोधमा मतदान गरेको थियो । आज त्यसैऐनको कानुनी आधारमा विमानस्थलजस्तो रणनीतिक र राजनीतिक महत्वको विषय समेतभारतीय विस्तारवादलाई सुम्पिने तयारी भइरहेको छ । नॆपालमा विदेशीपूँजीको यो चलखेलको सुरुवात मात्र हो र अगामी दिनमा लगानी बोर्ड ऐनमै टेकेरयस्ता अरु पनि धेरै राष्ट्रघाती निर्णय हुनसक्ने छ । तसर्थ हामी लगानी बोर्ड ऐनलगायतदेशको अहितमा रहेका सम्पूर्ण ऐनहरु खारेज हुनुपर्नेमा सम्माननीय राष्ट्रपतिज्यूको गम्भीर ध्यानाकर्षण गराउँदछौं ।
सरकारद्वारा हालै अध्यादेशमार्फत जारीसुपुर्दगी ऐनले देशको सार्वभौमिकता एवम् स्वाभिमानमा गम्भीर असर पुर् याउने हाम्रोठहर छ । हामी राष्ट्रहितविपरीत सम्पूर्ण सन्धि-सम्झौता र ऐनहरु अविलम्वखारेज गर्नुपर्नेमा पनि ध्यानाकर्षण गराउँदछौं ।
ध्यानाकर्षण पत्र बुझ्दै राष्ट्रपति डा।रामवरण यादवले सरकारलाई राष्टिय हितका बारेमा सचेत र सजग गराएर आफ्नोसंवैधानिक कर्तवय पूरा गर्ने वचन दिनुभयो । उहाँले विमानस्थल व्यवस्थापन प्रकरणबारे सम्बन्धितनिकायलाई पत्र काटेर बुझ्ने पनि बताउनुभयो ।
देशको सार्वभौमिकता र भूअखण्डताप्रतियुवा-विद्यार्थीहरुको चासो सकारात्मक भएको बताउँदै उहाँले राष्टिय एकता सार्वभौमिकतार भूअखण्डता कमजोर हुँदै गएको विषय सबैको चासो र ध्यान पुग्नुपर्नेबताउनुभयो ।
जनआन्दोलनहरुबाट आएका उपलब्धिहरु संस्थागतगर्न परिवर्तकारी शक्तिहरु एक हुनुपर्ने बताउँदै राष्ट्रपति डा। यादवले दलीय एकता कमजोरहुँदा प्रतिकि्रयावादी शक्तिहरु सकि्रय भएको आंैल्याउनुभयो ।
ध्यानाकर्षण पत्र बुझाउन नेपाल क्रान्तिकारीयुवा संघका केन्द्रीय अध्यक्ष उकेश कवां रनेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय सचिव सरोजकुमार साहकॊ नॆतृत्वमा युवाविद्यार्थीहरुको एक टोली शितल निवास पुगेको थियो ।
नेपालक्रान्तिकारी युवा संघका केन्द्रीय अध्यक्ष उकेश कवांले ध्यानाकर्षण पत्र राष्ट्रपति डा.रामवरण यादवलाई हस्तान्तरण गर्नुभएको थियो भने नेक्राविसंघका केन्द्रीय सदस्य निरजलवजूले पत्र दिनुपर्ने अवस्थाका बारेमा चर्चा गर्नुभएको थियो । टोलीमानेक्रायुसंघका केन्द्रीय सचिव प्रकाश केन्द्रीय सदस्यहरु राजवीर डंगोल रेविना डंगोलरामकृष्ण प्रजापति कर्मा वाइबा र श्यामकुमार महर्जन तथा नेक्राविसंघका केन्द्रीय सदस्यहरुनिरज लवजू अनुराधा थापामगर रविन्द्र फोंजू कुमार िथं शेरबहादुर खत्रीरहनुभएको थियो ।