एमाओवादीको बैठकमा विभिन्न समूहले आफनो सुझाब पेश गर्दै

 काठमाडौं, ३ साउन एकीकृत नेकपा माओवादीको सातौं बिस्तारित बैठकमा बुधवार विभिन्न समूहले आफनो सुझाब पेश गर्दैछन् ।
 
अध्यक्ष
पुष्पकमल दाहाल प्रचण्डले मंगलवारको बैठकमा पेश गरेको राजनीतिक
प्रतिवेदनका विषयमा समूह छलफलबाट आएका सुझाब टोली नेताले पेश गर्न
कार्यक्रम रहेको माओवादी नेता शक्तिबहादुर बस्नेतले जानकारी दिए ।
प्रतिवेदनमा छलफल गर्न विभिन्न १४ वटा समूह बनाइएको थियो ।
 
बिहान
११ बजे समूहको प्रतिवेदन पेश गर्न कार्यक्रम छ । बैठकमा अध्यक्ष प्रचण्डले
पार्टीको कार्यनीति, कार्ययोजना र कार्यदिशा सहित १२ वटा कमजोरी उल्लेख
गर्दै प्रतिवेदन पेश गर्न भएको छ । औपचारिक रुपमा पार्टी फुटेको झण्डै एक
महिनापछि एकीकृत नेकपा माओवादीको विस्तारित बैठक शुरु भएको हो ।
 
उपाध्यक्ष
रहेका मोहन वैद्य किरणले छुटै पार्टी बनाएपछि बैठकमा सहभागीहरुले पार्टी
एकतालाई जोड दिएका छन् । अझै चार दिनसम्म चल्ने बैठकमा राज्य समिति स्तरका
झण्डै पाच हजार सहभागी छन् ।