काठमाडौं, साउन ३ पार्टीको कुनै पनि कार्यक्रममा अध्यक्ष दाहाल आउँदा
तालीका पर्रा छुट्थे। मंगलबार सुरु विस्तारित बैठकमा त्यस्तो भएन।
कार्यकर्तामा उत्साह र ऊर्जा देखिएन। सैद्धान्तिक कुरा गर्दा कार्यकर्ता
मौन देखिन्थे। पार्टी एकढिक्का हुने, गुट अन्त्य गर्ने प्रतिबद्धता जनाउँदा
भने केहीले ताली बजाएका थिए।
दाहालले सातवटा रातो मैनबत्ती
बालेर बैठक उद्घाटन गरेका थिए। मञ्चमा सबैभन्दा बढी व्यस्त प्रवक्ता
दीनानाथ शर्मा थिए। दाहालले बत्ती बाल्दै गर्दा आइप्याडबाट शर्मा फोटो
खिचिरहेका थिए।
गुटबन्दीलाई छुट दिन्नँ स् दाहाल
एकीकृत माओवादीका उच्च नेताहरूले पार्टीभित्र रहेको गुट(उपगुट अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन्।
राजधानीमा
मंगलबार सुरु सातौं विस्तारित बैठकको उद्घाटन सत्रमा अध्यक्ष पुष्पकमल
दाहाल, उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले त्यस्तो
प्रतिबद्धता जनाएका हुन्।
गुट(उपगुट रहँदा पार्टी विभाजनको अवस्था आएको
निष्कर्ष नेताहरूले निकालेका छन्। मोहन वैद्य समूहले छुट्टै पार्टी गठन
गरेपछि पनि एकीकृत माओवादीमा दाहाल, भट्टराई र श्रेष्ठका आ(आफ्ना गुट छन्।
देशभरका
पाँच हजारभन्दा बढी अगुवा कार्यकर्ता सहभागी बैठकले पार्टीलाई रूपान्तरण
गर्ने दाबी नेताहरूको छ। ुगुटबन्दीलाई कुनै पनि हालतमा छुट दिन्नँ,ु
दाहालले भने, ुपार्टीमा गुटबन्दी गर्न दिएर यसअघि कमजोरी भयो।ु
विगतका
कमीकमजोरीप्रति पनि उनले आत्मालोचना गरे। ुजनवादी केन्द्रीयताको लेनिनवादी
संगठनात्मक सिद्धान्त कडाइसाथ लागु गर्छु,ु दाहालले भने, ुकिरणजी ९ मोहन
वैद्य० को समूहलाई जनवाद बढी दिँदा अराजकता बढ्यो। उनीहरूले पार्टीलाई
असहयोग गरे।ु
गुटगत भएर पार्टीभित्र बहस चलाउँदा नकारात्मक परिणाम आएको
दाहालको भनाइ थियो। वैद्य समूहले क्रान्तिको परिवर्तनशील प्रवाहलाई बुझ्न
नसकेको आरोप पनि उनले लगाए।
ुभावावेशमा आएर किरणजीहरू अलग भए,ु उनले भने, ुउनीहरूले क्रान्तिलाई किताबमा लेखिएको सुन्दर शब्दावलीको रूपमा मात्र बुझे।ु
कम्तीमा
महाधिवेशनसम्म पार्टी नफुटाऔं भनेर वैद्यसँग अनुरोध गर्दा त्यसलाई
अस्वीकार गरिएको दाहालले बताए। ुपार्टी फुटाएर कमरेडहरूबाट गम्भीर गल्ती
भएको छ, त्यसलाई महसुस गरेर एकतामा आउनुपर्छ,ु उनले भने, ुराजनीतिक
अन्योलका बेला पार्टी फुटाएर किरणजीहरूले जनतामाथि घात गरेका छन्।ु
संविधानसभाबाटै
संविधान घोषणा गर्ने कार्यनीतिमा पार्टी अडिग रहेको दाहालले बताए।
ुपहिचानसहितको संघीयता र संघीयतासहितको संविधान जारी गर्नेमा पार्टी
प्रतिबद्ध छ,ु उनले भने।
१२ बुँदे सहमति कार्यान्वयनको औचित्य अझै बाँकी
रहेको दाहालको भनाइ थियो। ुराज्य पुनर्संरचना मुद्दामा गम्भीर बन्न १२
बुँदे सहमति गर्ने दलहरूलाई आग्रह गर्छु,ु उनले भने।
कार्यक्रममा
प्रधानमन्त्री एवं पार्टी उपाध्यक्ष बाबुराम भट्टराईले सातौं विस्तारित
बैठकपछि पार्टी नयाँ आधारमा रुपान्तरण भएर अघि बढ्ने विश्वास व्यक्त गरे।
ुपार्टीमा अब कुनै पनि गुट बाँकी रहँदैनन्,ु उनले भने, ुशान्ति र संविधानको
कार्यदिशा पार्टी एकताको आधार हो।ु
पार्टीमा विभिन्न समयमा जन्मेका
विचार समूह स्थायी नहुने भट्टराईको भनाइ थियो। दाहाल नेतृत्वको पार्टी एकगठ
भएर अघि बढ्ने दाबी पनि उनले गरे।
सशस्त्र संघर्ष सुरु हुँदा बखत केही
नेताहरूले पार्टी छाडेको औंल्याउँदै भट्टराईले आफूलाई दोस्रो नम्बरमा
उभ्याए। ुजनयुद्धको मुख्य नेतृत्वकर्ता श्रद्धेय अध्यक्ष हुनुहुन्छ, दोस्रो
म यहीँ छु,ु भट्टराईले भने, ुविस्तारित बैठकपछि विश्वलाई चकित पार्ने गरी
पार्टी सुदृढ हुन्छ। पार्टीले परिवर्तन र क्रान्तिको लक्ष्यलाई कुनै पनि
हालतमा छाड्दैन।ु
सडक, सदन र सरकारको मोर्चामा एकैसाथ लड्ने नौलो अभ्यास
आफूहरुले गरिरहेको उनले बताए। ुबैठकले राजनीतिक संघर्षको नयाँ दिशा तय
गर्नेछ,ु उनले भने, ुसातौं विस्तारित बैठक तेस्रो विस्तारित बैठकपछिको
मह



