मुस्लिमहरूको पवित्र पर्व रमदानको अवसरमा शुभकामना व्यक्त

काठमाडौ – एमाओवादीले मुस्लिमहरूको पवित्र पर्व रमदानको अवसरमा शुभकामना व्यक्त गरेको छ ।


शनिबार पार्टीले एक शुभकामना सन्देश प्रकाशित गरी मुस्लिम जनसमुदायको पवित्र पर्व रमदानले सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति तथा समृद्धिको कामना गरेको छ ।


सन्देशमा नेपालको उत्पीडित समुदायका रूपमा रहेको मुस्लिम समुदायले देशको परिवर्तनमा खेलेको भूमिका आगामी दिनमा अझै परिष्कृत र सुसंस्कृत बन्दै जाओस् भन्ने कामनासमेत गरिएको छ ।

 

– रासस