छलफलको तयारीमा निर्वाचन आयोग

 काठमाडौ, ७ साउन निर्वाचन आयोगले चुनावका लागि कानुनी अड्चन हटाउन सरकारलाई दिएको समय आज सकिँदैछ । अहिलेसम्म कानुनी अड्चन नहटेको अवस्थामा आजै आयोगले मुख्य तीन दलका शीर्ष नेताहरुसँग यस विषयमा छलफल गर्ने तयारी गरेको जनाएको छ।  । दिउँसो तीन बजे आयोगको सभाहलमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल , नेपाली काँग्रेसका सभापति सुशील कोईराला र नेकपा एमालेका अध्यक्ष झलनाथ खनालसंग कानुनी जटिलताका विषयमा छलफल हुने निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले जानकारी दिए ।
सरकारले मंसीर सात गते संविधानसभाको चुनाव घोषणा गरेपछि आयोगले आवश्यक कानुनी प्रकृया कम्तीमा चार महिनाअघि टुंगो लगाउनु पर्ने जनाएको थियो ।आयोगले दलहरुबीच सहमति भएमा अझै केही दिन कानुनी अड्चन फुकाउने समय दिँदा पनि चुनाव हुन सक्नेबारे शीर्ष नेताहरुलाई जानकारी गराउने तयारी गरेको बताइएको छ ।