८ साउन, काठमाण्डौं । नेपाल(चीन गृहसचिवस्तरीय दोस्रो बैठक आजबाट चीनको राजधानी बेइजिङमा सुरु हुँदैछ । बैठकमा भाग लिन गृहसचिव सुशीलजङ्ग राणाले नेतृत्व गरेको सात सदस्यीय टोली बेइजिङ पुगिसकेको छ ।
नेपाल(चीन सिमानामा रक्तचन्दन लगायत सामग्रीको तस्करी बढिरहेका बेला हुन लागेको सुरक्षा निकायका उच्च अधिकारीहरूको बैठकले अन्तरसीमा अपराध नियन्त्रणका निम्ति प्रभावकारी रणनीति अवलम्बन गर्ने अपेक्षा गरिएको छ ।
बैठकमा सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण तथा अवाञ्छित गतिविधि हुन नदिन सूचनाको आदानप्रदान र दुई वर्षअघि सम्पन्न पहिलो बैठकको प्रगति समीक्षाबारे छलफल हुने बताइएको छ ।



