काठमाडौं, ८ साउन कांग्रेसभित्र संविधानसभाको पुनस्थापना गर्ने की नयाँ चुनावमा जाने भन्ने विषयमा विवाद भएको छ ।
कांग्रेस केन्दीय सदस्य शंकार भण्डारीका अनुसार पूर्वसभाषदहरुले पुनसस्थापनाका पक्षमा अभियान थालेपछि केन्द्रीय सदस्यले त्यसको विरोध गरेका छन् ।
रामचन्द्र पौडेल, शेरबहादुर देउवालगायतले पुनसस्थापना गरेर संसदीय चुनावमा जानुपर्ने बताएका छन् भने केन्द्रीय सदस्य अर्जननरसिंह केसी, शंकर भण्डारीलगायतका नेताहरु नयाँ चुनावको पक्षमा रहेको बताइएको छ ।
सोही विषयमा आज नेतृत्व तहसँग पूर्वसभाषदहरुले छलफल गर्ने भएका छन् ।



