चर्चा निर्वाचनको, दाऊ कुर्सीको

 काठमाडौं –  यतिखेर राजनीतिक वृतमा चर्चा निर्वाचनको छ । निर्वाचन हुन्छ, कि हुन्न भन्नेमा भन्दा पनि निर्वाचन के को रु भन्नेमा बहस मोडिएको छ । बहसले जेठ १४ अघिको अवस्थामा फर्काउन खोजेको हो की जस्तो देखिएपनि मूल जरो प्रधानमन्त्रीको कुर्सीमा ठोकिएको छ ।
 
वैशाख २० गतेराति दलहरुबीच बाबुराम भट्टराईको विकल्पमा अर्को सरकार बनाउने र त्यसको नेतृत्व कांग्रेसले गर्ने सहमति भएको थियो । सरकार फर्ने सहमति कै बुँदेमा जेठ १४ अगावै नयाँ संविधान घोषणा गर्ने पनि प्रतिवद्धता छ । संविधान बनाउने पहिलो काम नभएपछि दोस्रो काम पनि अहिले सम्म भइसकेको छैन । अहिले प्रतिपक्षमा रहेका कांग्रेस एमाले तीनै पाँच बुदे सहमतिको आडमा प्रधानमन्त्रीको कुर्सी खोजीरहेका छन् ।
 
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पाँच बुँदे सहमति अनुसार पहिले कुर्सी छोड्न तयार भए सहमतिको ढोका खोल्ने दावी गरे । कांग्रेसले अनुसार पाँच बुँदे सहमति अनुसार अबको नेतृत्व कांग्रेस कै हो भन्नेमा एकीकृत माओवादी पनि लगभग सहमत छ । तर प्रधानमन्त्रीलाई कुर्सीबाट
हटाउनुअघि पाँचबुँदे सहमतिको जेठ १४ अघि नै संविधान जारी गरिने छ भन्ने बुँदामा उसले अन्य बुँदामा अड्को थापिरहेको छ ।
 
एकीकृत माओवादी नेता अग्नी सोपकोटा संविधानका विवादित विषयवस्तु र शान्ति प्रक्रियाको बाँकी काम सकिएपछि मात्रै कांग्रेसलाई नेतृत्व दिन सकिने बताए । ूहामीले कांग्रेसलाई सरकारको नेतृत्व दिन हुन्न भनेका छैनौ, तर त्यो भन्दा पहिले शान्ति र संविधानका कामका सहमति हुनुपर्‍यो,ू सापकोटाले भने । सरकार फेर्न सहमत तर प्रक्रियामा असहमत दलहरु निकासका लागि एकले अर्कोलाई आफ्नो बाटोमा ल्याउने कसरतमा छन् ।
 
भट्टराईको विकल्प खोज्ने अभियानमा कांग्रेससँगै रहेको एमाले भट्टराईलाई गलाउन आन्दोलन कै बाटो तताउने निचोडमा छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल वार्ताको अन्तिम खप्रयासबाट पनि माओवादी कुर्सी छाड्न तयार नभए आन्दोलनबाट निकास खोजीने बताउछन् । आफ्नै अडानमा रहेका दलहरुको नजर राष्ट्रपति कार्यालय तिरपनि तानिदैछ । राष्ट्रपति कार्यालय भने कामचलाउको जनाऊ पाइसकेका कारण राजनीतिक निकासको बल प्रधानमन्त्रीको कोर्टमा रहेको निष्कर्षमा छ ।
 
बिनाउपलब्धि लामो समय बित्यो भने प्रधानमन्त्रीमा रहेको बल राष्ट्रपतिले दलहरुका बीचमा फाल्ने चर्चा पनि चलिरहेको ।  ूदलहरुबीचमा चल्ने कुर्सीको खेलले गोल हुन नसके फर्केर बल आफ्नैतिर आउने हेक्का राखेकाले नयाँ सरकार बनाउने विषयमा राष्ट्रपति केही समय पर्ख र हेरकै अवस्थामा छन्ू अधिवक्ता टीकाराम भट्टराईले भने ।

 

-RSS